राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक सुरु, पहिलो बैठक लुम्बिनी प्रदेशको दाङमा


काठमाडौं । राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक आज (बिहीबार) देखि सुरु हुँदैछ । महाधिवेशन लगत्तै बसेको केन्द्रीय कार्य समितिको पहिलो बैठकले बिहीबारदेखि विस्तारित बैठक बस्ने निर्णय गरेको हो ।
राप्रपाका नेता मोहन श्रेष्ठका अनुसार पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि प्रदेश तहमा विस्तारित बैठक गर्न लागिएको हो ।
राप्रपाको प्रदेश स्तरीय विस्तारित बैठक आज लुम्बिनी प्रदेशको दाङमा हुने भएको छ भने पुस १२ गते गण्डकी प्रदेशको विस्तारित बैठक नवलपुरमा हुने छ । अन्य प्रदेशको छिट्टै मिति घोषणा हुने र पुस महिनामा विस्तारित बैठक सम्पन्न गर्ने पार्टीको योजना रहेको छ ।
आज दाङमा हुने लुम्बिनी प्रदेशको विस्तारित बैठक र आमसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुबबहादुर प्रधान, महामन्त्रीद्वय डा धवल शमशेर राणा, भुवन पाठक लगायतका नेताहरूको सहभागीता रहनेछन् ।






















