Opens in a new tab

देश

गोरखापत्रका पत्रकारद्वय सीता शर्मा र ललिता शाह पुरस्कृत

जगत ठाडा मगर
२०७८ पुस ८ | बिहान १०:०९ बजे

काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी लेख लेख्ने दुुई महिला पत्रकारलाई सम्मानित तथा पुरस्कृत गरिएको छ ।

अन्तर्राष्ट्रिय अप्रवासी श्रमिक दिवस २०२१ को सप्ताहव्यापी कार्यक्रम समापनको अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममागोरखापत्रका पत्रकारद्वय सीता शर्मा र ललिता शाह उत्कृष्ट लेख सामग्रीबाट पुरस्कृत तथा सम्मानित गरिएको हो ।

वैदेशिक रोजगार क्षेत्रमा कार्यरत संस्था सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल, सोलिडारिटी सेन्टर, मिडिया एडभोकेसी गु्रपले पत्रकारिताको माध्यमबाट वैदेशिक रोजगारी सम्बन्धी कलम चलाउँदै आएका पत्रकारका लागि एक महिना अघि आह्वान गरेको खुला लेखहरू मध्येबाट छनोटमा पारिएका दुईवटा लेखलाई पुरस्कृत गरिएको छ ।

पुरस्कृति शर्मा काठमाडौँ र शाह सप्तरीमा कार्यरत हुनुहुन्छ । पुरस्कृतलाई बागमती प्रदेश सभासद जगतसिंह सिम्खडाले १५/१५ हजार रुपियाँसहित सम्मान पत्रले सम्मानित गर्नुभयो ।

कमेन्टहरु