देश

काठमाडौं संसारको सबैभन्दा प्रदूषित सहरको तेस्रो नम्बरमा

जगत ठाडा मगर
२०७७ मंसिर १७ | बिहान ०८:०८ बजे

अमेरिकास्थित एक संस्थाले जारी गरेको ताजा रिपोर्टअनुसार पाकिस्तानको सांस्कृतिक राजधानी लाहौर संसारमै सबैभन्दा प्रदूषित सहरमा परेको छ। यूएस एयर क्वालिटी इन्डेक्सको रिपार्टले दोस्रो प्रदूषित सहरमा नयाँदिल्लीलाई राखेको छ।

लाहौरमा अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ ४२३ पुगेको छ। पाकिस्तानकै अर्को सहर कराची संसारको १० प्रदूषित सहरभित्र परेको छ। भारतको राजधानी नयाँदिल्ली २२९ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) सहित दोस्रो प्रदूषित सहरमा परेको छ। यता, हाम्रो राजधानी काठमाडौं तेस्रो नम्बरमा परेको छ। काठमाडौंको पीएम १७८ रहेको छ।

अमेरिकी पर्यावरण संरक्षण एजेन्सी ५० भित्र परेको एक्यूआईलाई सन्तोषजनक मान्छ। लाहौरको एक्यूआई ३०१ भन्दा बढी छ।पाकि स्तानमा प्रदूषणमाथि लगाम लगाउने प्रयास हुँदै आएको छ। पन्जाब प्रान्तमा आपदा प्रबन्धन प्राधिकरणलाई सरकारले ६१३ इँटा उद्योग, २१४८ उद्योग तथा ८५७९ वाहन बन्द गर्नका लागि मिति तोकिदिएको छ। प्रदूषण फैलाएको आरोपमा त्यहाँ ४७८ जनालाई गिरफ्तारसमेत गरिएको छ।

कमेन्टहरु