विगतलाई दोहोर्याने होइन विगतबाट सिक्ने हो


एक पटक आधुनिक नेपालको ईतिहास हेराै वि. स. १७९९ सालबाट पृथ्वीनारायण शाहले राजगद्दी सम्हाले देखि आज सम्म नेपालमा करिब ३७८ वर्ष यो देशमा विभिन्न शासकहरुले शासन सत्ताको सिहासन सम्हाल्दै आएका छन ।
पृथ्वीनारायण शाहपछि करिब शाहवंशीय राजाहरुले २२४ वर्ष, राणाहरुले १०४ वर्ष पन्चायतले३० वर्ष,र बहुदलले ३० वर्ष राज्य गरेको कुरा हामी सबैलाई अवगत नै छ ।
यीमध्ये सबै भन्दा नेपालमा राज्य गर्ने चाहे पन्चायतमा होस वा राणाहरुको तानाशाही शासनमा होस त्यहा राजाको अस्तित्व थियो । यसरी हेर्दा वि.स. १७९९ यता करिब पन्चायत र शाहवंशीय राजाहरुले करिब २५४ वर्ष शासन गरेका छन ।
करिब साढे दुई सताब्दी राज्य गर्दा नेपालमा राजा रहेको हिन्दुराज्य नै थियो । यति लामो समय सम्म राजा र राजतन्त्रले नेपाली जनतालाई केहि दिएन । झन पृथ्वीनारायण शाहले शासन सम्हाले देखि नेपालका आदिवासी र जनजातीहरु र सबै नागरिकहरु माथी हिन्दु धर्म जबर्जस्ति लादियो । धर्मका नामम्म नागरिकहरुलाई विभेद गरियो । कतिपयका सस्कृती र परम्पराहरु खोसिए । जातजाति अनुसार कसैलाई बढी विभेद र सजाय कसैलाई अर्थात नेपाल मनुस्मृतिको आधारमा जात ब्यवस्था लागू गरियो । ठुलोले सानोलाई अत्याचार र अन्याय गर्नु कुनै अपराध नै भएन ।
भनाै भने नेपाल हिन्दु धर्ममा जे ब्यवस्था छ त्यही अनुरुप शासनशत्ता चलाउदै आयो। पछि राणा प्रधानमन्त्रीमा जङ्ग बहादुर प्रधानमन्त्री भएपछि त वि. स. १९१०मा मुलुकी ऐन जारी गरि विभेद र हिन्दु धर्म अनुसार जात ब्यवस्थालाई अझ मलजल गरि उत्पीडित,गरिब र कथित सानो जात भनीएका नागरिकहरु माथी अत्याचार गर्दै गयो ।
त्यति मात्र होइन २०६३ भन्दा पुर्व मुलुकमा लोकतन्त्रको स्थापना नहुदा सम्म यो देश त्यही हिन्दुरास्ट्र र राजा भएको मुलुक थियो खै देश र जनताले त केहि पाएनन् ? तर विगत १महिना देखि देश भरी
” राजा आउ देश बचाउ”
हिन्दुरराष्ट्र र राजसस्थाको पुनर्बहाली गर भनी प्रदर्सन भईरहेकाछन । जो प्रदर्शनकारीहरु देशभरी बाइकमा र्याली गर्दैछन जो आमनगरिक र सर्वहाराको आवाजको हुनै सक्दैनन् ।
ती सबै हिजोका राजदरबारीया र अतिवादी दक्षिण पन्थीहरु छन ।धार्मिक राजनीतिमा टेकेर नेपाली समाजको एकतालाई खलबल्याउन चाहान्छन । राजसस्था र हिन्दुरास्ट्रको स्थापनाले देश विकास हुन्छ भन्नु बालुवामा महल निर्माण गर्नु जस्तै हो । चेतना भया ?























