बिश्व

ओमीक्रोन भाईरसदेखि नआत्तिन विश्व स्वास्थ्य संगठनको सुझाव

जगत ठाडा मगर
२०७८ मंसिर १८ | मध्यान्ह ०४:०८ बजे

काठमाडौँ । झण्डै ४० देशमा देखा परिसकेको ओमिक्रोन भेरियन्टदेखि नआत्तिन विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै संगठनकी वैज्ञानिक सौम्या स्वामीनाथनले अहिलेको अवस्था गत वर्ष भन्दा अवस्था फरक रहेको भन्दै नआत्तिन र सतर्क रहनुपर्ने बताइन् ।

अझै पनि धेरै संख्यामा उत्परिवर्तित भएको याे भेरियन्ट संक्रामक छ वा छैन भन्ने स्पष्ट भइ सकेकाे छैन । रोयटर्स नेक्स्ट कन्फरेन्समा बोल्दै डा. स्वामीनाथनले यो भेरियन्ट अत्यन्तै संक्रामक रहेको बताइन् ।

उनले यो भाइरसको प्रभाव विश्वभर पार्न सक्ने बताउँदै पूर्वअनुमान गर्न कठिन रहेको उल्लेख गरिन् । ‘हामी कति चिन्तित हुनुपर्छ? हामी सतर्क र रहनुपर्छ, आत्तिनुभएन किनभने हामी एक वर्षभन्दा पहिलेको समयसँग तुलना गर्दा निकै फरक अवस्थामा छौं, ’ उनले भनिन् ।

कमेन्टहरु