राजनीति

जगत ठाडा मगर
२०७८ मंसिर १८ | मध्यान्ह ०१:०८ बजे

७ नन्बर प्रदेशमा कांग्रेस अधिवेशनको मतदान प्रक्रिया सुरु

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रथम प्रदेश अधिवेशनको मतदान प्रक्रिया सुरु भएको छ । धनगढी स्थित निर्माण व्यवसायी संघको हलमा मतदान प्रक्रिया सुरु भएको हो।

कांग्रेसको प्रदेश कार्य समिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन्। सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर र इतर पक्षबाट कैलालीका पूर्वजिविस सभापति नारायणदत्त मिश्र चुनावी प्रतिस्पर्धामा छन्।

अधिवेशनमा पहिलो मत हिमबहादुर रावलले हालेका थिए। शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने कार्यक्रम तालिका रहेकोमा केही ढीलागरी पतदान प्रक्रिया सुरु भएको छ।

कमेन्टहरु