देश

खोलामा डुबेर एक जना नाबालकको मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर १८ | बिहान १०:०८ बजे

विराटनगर । मोरङको जहदा गाउँपालिका–७ स्थित लोहन्द्रा खोलामा डुबेर एक जना नाबालकको मृत्यु भएको छ ।

खोलामा डुबेर दिलीप यादवका ३ वर्षीय छोरा रीतिकुमार साहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार रीतिकुमार घरदेखि लगभग ७ मिटर टाढा रहेको खोला छेउमा दाजु र साथीहरुसँग खेल्न गएको खुलेको छ ।

खेल्ने क्रममा शुक्रबार साँझतिर खोलामा डुबेर नाबालकको मृत्यु भएको श्रेष्ठले बताए । उनले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

कमेन्टहरु