ब्राउन सुगरसहित एक जना झापाबाट पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर १८ | बिहान ०८:०८ बजे

बुटवल । प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जनालाई झापाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको मेचिनगर- ४ का ३७ वर्षीय सम्बरबहादुर आले रहेका छन् । उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बाहुनडागी प्रहरी चौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गर्दा संका लागेर चेकजाँच गर्दा १४ ग्राम ब्राउन सुगरसहित उनलाई पक्राउ गरेको जनाएको छ। यसका साथै उनको साथबाट डब्ल्यूबी ७७ एके ६०९९ नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
उनले मलद्वारमा च्यापेर ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । मगरलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकँरभिट्टामा राखिएको झापा प्रहरीले जनाएको छ।






















