राजनीति

राजनीतिक शक्तिहरुबिच नयाँ ढंगको एकता कायम गरी अघि बढ्नु नै उत्तम विकल्प हो : बाबुराम भट्टराई

जगत ठाडा मगर
२०७८ मंसिर १२ | मध्यान्ह १२:०८ बजे

रुपन्देही । जसपा नेपालका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक दलहरुबिच नयाँ एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन् । जनता समाजवादी पार्टी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले यस्तो भनेका हुन् ।

भट्टराईले भने, ‘राजनितिक शक्तिहरु बीचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढ्नु नै अहिलेको उत्तम विकल्प हो ।’ भट्टराईले देशको सम्बृद्धि र जनताको जीवन परिवर्तनका लागि बैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताए । अहिलेको अवस्थामा केन्द्रिय समाजवादी शक्ति निर्माण गर्न सके मात्रै देशले निकास पाउने उनको अभिव्यक्ति थियो ।

उनले अहिले न्यायालयमा देखिएको संकट राजनीतिक दलहरु बीचमा देखिएको खिचातानीको परिणाम भएको बताए । काँग्रेस जति पटक सत्तामा पुगे पनि परिवर्तनको अपेक्षा गर्न नसकिने बताउँदै भट्टराईले मुलुक परिवर्तनका लागि अग्रगामी शक्तिको आवश्यक रहेको बताए ।

जसपाका वरिष्ठ नेता अशोक राईका अनुसार अहिले जनताको जीवनस्तर परिवर्तनका लागि चार महिने संगठन सुदृढीकरण अभियान सञ्चालन भइरेको छ ।यहि मंसिर महिनासम्म सञ्चालन उक्त अभियानमा जनताका माझ आफ्ना विचार प्रस्तुत गर्ने र जनताका विचार बुझ्ने काम भइरहेको नेता राईले बताए ।

कमेन्टहरु