बाढीपहिरोका कारण आज अवरुद्ध छन् यी सडक

नवलपुर टुडे

सारांश
काठमाडौं । बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ७ बजे अपडेट जारी गर्दै राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको हो ।
प्रहरीका अनुसार पाल्पाको तानसेन-१४, गाईघाट तानसेन सडक खण्डमा पहिरो आई बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
ललितपुरको टाकुर्चेमा लेदोसहितको पहिरो र पाङदुरडोलमा भिरबाट ढुंगा खस्दा कान्ति लोकपथ सडक खण्ड अवरुद्द भएको छ ।
लमजुङको खरखरे भीरमा बेशीसहर-मनाङ सडक खण्डमा पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङको आँपचौरस्थित मध्यपहाडी लोकमार्गमा पहिरो आई सडक भासिदा पूर्ण रूपमा अवरोध भएको छ ।
स्याङ्जास्थित सिद्धार्थ राजमार्ग पनि अवरुद्ध छ । पुतलीबजार-१ तिनधारे, सार्वजनिक शौचालय र बसपार्क स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा लेदो सहितको पहिरो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार तनहुँमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । त्यस्तै, सर्केगार्ड-१, खच्चामा पहिरो जाँदा हुम्लास्थित कर्णाली करिडोर पुर्ण रुपमा अबरोध भएको छ । नवलपरासी पूर्वमा कालीगण्डकी करीडोरपनि अवरुद्ध छ ।
मुस्ताङस्थित जोमसोम-कोरला सडक-खण्ड अवरुद्ध भएको छ भने दार्चुलामा महाकाली राजमार्ग पनि अवरुद्ध छ ।
त्यस्तै, म्याग्दीमा बेनी-जोमसोम सडक, मकवानपुरमा, हेटौँडा, भैँसे, भिमफेदी फाखेल, काठमाडौं सडक पनि अवरुद्ध छ ।
यस्तै, तुलसीपुर-घोराही सडक, जोमसोम-कोरोला सडक पनि अवरुद्ध छ । यता काभ्रेस्थित बीपी राजमार्ग, ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग तथा मनाङको चामे-बेँसीसहर सडक पूर्ण रूपमा अवरुद्ध छन् ।
गुल्मीको सिस्नेभिर-रुद्रबिनी वामीटक्सार सडक, बागलुङस्थित मध्यपहाडी लोकमार्ग, रोल्पास्थित घोराही थवाङ रुकुम सहिदमार्ग तथा कालिकोटमा कर्णाली राजमार्ग पनि अवरुद्ध छ ।
त्यस्तै, काभ्रेको अरनिको राजमार्ग, गुल्मीका राजमार्गहरू पनि अवरुद्ध रहेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















