आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

नवलपुर टुडे

सारांश
काठमाडौँ । नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित छ।
महाशाखाले दिएको जानकारीअनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। यस्तै पहाडी भू-भागमा आंशिक बादल लाग्नुका साथै तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार देशभर आंशिक बादल लाग्ने अनुमान गरिएको छ। देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यसैगरी सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

कांग्रेस १५औँ महाधिवेशन : आज साँझ ५ बजेदेखि निर्वाचन कार्यक्रम सुरु

कांग्रेस महाधिवेशन : आजबाट बन्दसत्र सुरु हुँदै

हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा

बाढी पहिरोले म्याग्दीमा साढे पाँच सय घरपरिवार प्रभावित, सात जनाको मृत्यु

रसुवा बाढी: चार विद्यालयका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
अरुपनि पढ्नुहोस
सबै
तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलरको बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा, अन्य मुद्राको कति?

झापा–इलाममा अवैध ओसारपसार नियन्त्रण गर्न सीमा क्षेत्रमा प्रजिअको नेतृत्वमा स्थलगत अनुगमन

सर्लाहीमा जङ्गली हात्ती मृत फेला
















