राजनीति

बन्दसत्रमा भीम रावलको पर्चा बाँड्न रोक लगाइयो

जगत ठाडा मगर
२०७८ मंसिर १२ | मध्यान्ह १२:०८ बजे

सौराहा । नेकपा एमालेको जारी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावलको पर्चा बाँड्न रोक लगाइएको छ ।

आइतबार बिहान चितवनको सौराहास्थित बन्दसत्र हलबाहिर रावल पक्षका कार्यकर्ताहरुले उनको पर्चा बाँडिरहेका थिए । तर, पार्टीका स्वंयसेवकहरूले यहाँ पर्चा बाँड्न पाइदैन भन्दै रोक लगाएका हुन् । बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए ।

रावलको तस्बिरसहित ‘अध्यक्ष पदमा मेरो उमेदवारी किन ?’ लेखिएको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्नाका कारणहरु उल्लेख छ । रावल आफैँले भने पर्चा बाँडेका होइनन् । कार्यकर्ताहरुले पर्चा बाँडिरहँका थिए । आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी छ ।

रावलले भने अध्यक्षमा उमेदवारी दिने र पछि नहट्ने अडान कायम राखेका छन् ।

कमेन्टहरु