देश

चितवनको राप्तीमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर १२ | बिहान ११:०८ बजे

चितवन । पूर्वी चितवनको राप्ति नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुईजना बालबालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका – १ मैनाटारस्थित जीत बहादुर रुम्बाको घरमा शनिबार बिहान करिव १० बजे आगलागी भएको थियोे ।

आगलागीमा जित बहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज रुम्बा र उनकै छोरितर्फको ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगलागीबाट घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुडा पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

घरमा अभिभावक बाहिर गएको बेला आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । सोलारको ब्याट्री सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

शनिबार घटना भएपनि विकट पहाडी क्षेत्र भएकाले आइतबार मात्र प्रहरीले घटनाबारे जानकारी पाएको हो ।

कमेन्टहरु