सप्तरीको पाँच वटा प्रादेशिक निर्वाचन क्षेत्रमा काँग्रेसको अधिवेशन सम्पन्न


राजविराज, १२ मंसिर । नेपाली कांग्रेस, सप्तरीको ५ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा अधिवेसन सम्पन्न भएको छ । अधिवेसन भएको मध्ये ३ वटा क्षेत्रमा निर्वाचनले र २ वटामा निर्विरोध पदाधिकारी चयन भएका छन् ।
क्षेत्र नम्बर १ को ‘क’ मा पर्शुराम चौधरी सभापतिमा चयन भएका छन् । भएको निर्वाचनमा चौधरी १ सय ७८ मत ल्याएर विजयी भए । उनका निकटतम कृष्ण ढकालले १ सय ७४ मत पाए । निर्वाचित भएका चौधरी अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्ष समेत हुन् ।
क्षेत्र नम्बर १ को ‘ख’ मा १ सय ८३ मत ल्याएर सभापतिमा चयन हुँदा उनका निकटतम मुरलीधर खिडहरीले १ सय ६५ मत पाए । क्षेत्र नम्बर २ को ‘ख’ मा श्याम यादव १ सय ३२ मत ल्यएर सभापतिमा विजयी भए भने उनका निकटतम शशीचन्द्र झाले १ सय २७ मत प्राप्त गरे ।
क्षेत्र नम्बर ३ को ‘क’ मा ध्रुब मण्डल र ‘ख’ मा भागवत यादव निर्विरोध सभापतिमा चयन भएका छन् ।
क्षेत्र नम्बर २ को ‘क’ को अधिवेसन स्थगित गरिएको छ । यहाँ निर्वाचन आईतबार हुने मतदान अधिकृत मनोज मण्डलले जानकारी दिए । यो क्षेत्रमा एनेश्वर दासर महेन्द्र यादवले सभापति पदका लागि उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर ४ मा अहिले निर्वाचन प्रकृया स्थगित गरिएकाले पदाधिकारी चयन हुन नसकेको सप्तरी कांग्रेसका प्रबक्ता प्रभातकुमार ललनले जानकारी दिए ।






















