मदिरा सेवनपछि बिबाद, अगुल्टाले हानेर हत्या

जगत ठाडा मगर
२०७८ मंसिर १२ | बिहान १०:०८ बजे

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका ७ ज्वाडामा एक जनाको हत्या भएको छ । मदिरा सेवन गरेपछि भएको विवादमा जयपृथ्वी नगरपालिका ७ का ४६ वर्षीय पिरु भण्डारीको हत्या भएको हो ।
भारत जान लागेका आफ्ना छोरालाई गाडीमा चढाएर घर फर्किन लागेका भण्डारी र सोही ठाँउका २३ वर्षीय दीपेन्द्र थापाबीच विवाद भएको थियो । एकआपसमा भनाभन हुँदा थापाले भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेको जनाइएको छ ।
घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र उपचारका क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थापालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।






















