पालिकाको सहयोग बिना परासीमा महिला हिंसा विरुद्ध कचहरी नाटक सम्पन्न


परासी । कुनैपनि पालिकाको सहयोग बिना नवलपरासीमा महिला हिंसा बिरुद्ध द कन्टेट नेपालद्वारा कचहरी नाटक सम्पन्न भएको छ ।
समाजमा घटिरहेको घटनालाई लक्षित गरि तयार गरिएको १५ दिने अभिनय कार्यशाला पुर्ण रुपमा तयार गरेर हरेक पालिकामा नाटकको रुपमा प्रस्तुत गरि समाजमा रुपान्तरण गर्ने अभिनय कर्मीको उदेश्य थियो । तर कतैबाट सहयोग नपाएपनि केही स्थानमा नाटक सम्पन्न गरिएको छ ।
प्रपोजलमा महिला हिंसा बिरुद्ध नाटक तथा कचहरि गरेर समाजमा रुपान्तरण गर्ने उदेश्य राखेर पेस गरेको फाईल रामग्राम नगरपालिका, सरावल बडा कार्यलयबाट स्विकार गरेनन ।
वडाको भनाई छ कि यस बिषयमा कुनै बजेट छैन । तै पनि द कन्टेन्ट नेपाल को आयोजनामा आज लैंगिक तथा महिला हिंसाबिरुद्ध सडक नाटक, कचहरि नाटक सम्पन्न भएको छ ।
पाल्हिनन्दन गाँउपालिका – २ सुगौली, बर्दघाट, भटवलियामा महिला हिंसा बिरुद्ध कचहरि नाटक सम्पन्न गरिएको छ ।






















