लिभरपुलको फराकिलो जित

जगत ठाडा मगर
२०७८ मंसिर १२ | बिहान ०८:०८ बजे

काठमाडौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । गए राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गरे । थियागो अलाकान्टरा र भिर्गिल भान डाइकले एक एक गोल थपे । घरेलु मैदानमा खेलको दोस्रो मिनेटमा नै जोटाले गोल गरेका थिए । उनले खेलको ३२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
३७ औं मिनेटमा थियागो र ५२ औं मिनेटमा डाइकले गोल गरेपछि लिभरपुल ४–०ले विजयी भयो । जितसँगै १३ खेलबाट २८ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्टन १४ अंक जोडेर १४औं स्थानमा रहेको छ ।






















