देश

सुन कछुवासहित खोल्टीमोडबाट ४ जना पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर ११ | मध्यान्ह ०९:०८ बजे

काठमाडौ । काठमाडौको सोल्टीमोडबाट सुन कछुवासहित ४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले बिक्रि वितरण गर्न लागेको अवस्थामा जिउँदो सुन कछुवासहित ४ जनालाई पक्राउ गरेको हो ।

जिउँदो सुन कछुवाको बिक्री वितरण हुन लागेको सूचनाका आधारमा पुगेको प्रहरीले काठमाडौंको सोल्टीमोडबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रानीबारी काठमाडौंका ४२ वर्षीय हरि परियार, बुढानिलकण्ठका ३३ वर्षीय राजकुमार तामाङ, बालाजुका २२ वर्षीय प्रभास खाती र सञ्जय तामाङ रहेका छन् । उनीहरूको साथबाट नगद ३६ हजार पनि बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूले महङ्गो मूल्यमा उक्त सुन कछुवा बेच्न लागेको स्वीकार गरेका छन् । पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु