रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोराको मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर ११ | मध्यान्ह ०७:०८ बजे

रुपन्देही । रुपन्देहीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबु–छोराका ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीप रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले छ ।
बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते उनीहरुलाई उपचारको लागी युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको थियो । अस्पताल पुर्याएलगत्तै उनीहरुलाई अस्पतालले मृत्यु घोषणा गरेको हो ।
प्रहरीले ठक्कर दिने ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।






















