पछिल्लो २४ घण्टामा थपिए २१३ कोरोना संक्रमित, ३२५ डिस्चार्ज

जगत ठाडा मगर
२०७८ मंसिर ११ | मध्यान्ह ०७:०८ बजे

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९०७ जनाको पीसीआर परीक्षणमा १९७ र १ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।






















