खेलकुद

ए डिभिजन लिगमा मनाङको लगातार दोस्रो जित

जगत ठाडा मगर
२०७८ मंसिर ११ | मध्यान्ह ०७:०८ बजे

काठमाडौँ । सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ मरयाङ्दी क्लबले शहिद स्कमारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा मनाङले हिमालयन शेर्पा क्बललाई १–० गोलले हरायो । मानाङको जितमा अफ्रिकी खेलाडी आफिज ओलावालेले गोल गर्नुभयाे। आफिजले ८४औँ मिनेटमा निशान लिम्बुको पासमा गोल गर्नुभएकाे थियाे ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मध्यभागमा औसत प्रदर्शन गरको हिमालयन शेर्पाले पनि गोल गर्ने राम्रा अवसर गुमाएको थियो । लगातार दोस्रो जितसँगै मनाङ शीर्षस्थानमा उक्लिएको छ । मनाङले दुई खेलबाट ६ अंक बनाएको छ । हिमालयन सेर्पाको एक अंक छ । पहिलो खेलमा मनाङले जाउलाखेल युथ क्लबलाई १–० गोलले नै हराएको थियो।

हिमालयन शेर्पाको यो पहिलो हार हो । पहिलो खेलमा शेर्पाले संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । लिग अन्तर्गत आइतबार नेपाल पुलिस क्लब र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।

कमेन्टहरु