योगी नरहरिनाथको दस्तावेज चोरेर रामदेवले जडिबुटिको समराज्य खडा गरे : अध्यक्ष शाह


राजविराज, ११ मंसिर । राष्ट्रिय गुरु योगी नरहरिनाथको दस्तावेज चोरेर रामदेवले जडिबुटिको समराज्य खडा गरेको विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषि केश जग शाहले बताएका छन् । उनले गोठ र गाँजा खेतीलाई संस्थागत गर्न सकियो भने देशमा आर्थिक क्रान्ति सम्भव रहेको बताए ।
विश्व हिन्दु युवा संघ सप्तरीले शनिबार राजविराजमा आयोजित “गौ रक्षा र नेपालको राष्ट्रिय सुरक्षा “बारे परिचर्चा कार्यक्रममा बोल्दै अध्यक्ष शाहले यस्तो बताएका हुन् । उनले युएईले गाँजालाई लागू औषधको लिष्टबाट हटाएर आौषधि जन्य बिरुवा घोषणा गरिसकेको छ । नेपाल सरकारलाई अहिले सम्म जानकारी भएको छैन् उनले भने ।
अध्यक्ष शाहले भने अवको नेतृत्वले देशमा नीति निर्माण गर्न सकियो भने १० वर्षमा नेपाली युवा मात्रै नभई विदेशी युवालाई जागिर दिने हैसियत हाम्रो देशले राख्नेमा कुनै दुई मत नरहेको उनले जिकिर गरे ।
हाम्रो गाउँठाउँमा पाईने गाईमा सयौ रोग विनाशक शक्ति रहेकोले गाईको महत्वलाई बुझ्न सक्यो भने मानव स्वास्थयका लागी अस्पताल नै जान नपर्ने हुन्छ । तीव्रताले बढिरहेको विदेशी संस्कृतिले हाम्रो पहिचान र संस्कृतिलाई मास्ने काम भईरहेको भन्दै हामी हाम्रो स्नातन धर्मप्रति पहरेदारी गर्नु पर्ने समय आएको अध्यक्ष शाहले बताए ।
मैथिली साहित्य परिषदको महासचिव करुणा झा भन्नि, संसारमा नेपाल तीन वटा कुराले चिनिन्छ तर हिन्दु राष्ट्रियको पहिचान गुमाउनु आफैमा चिन्ताको विषय हो । प्रकृतिमा हरेक कुरा स्नातन भएको र मावन पनि हुनुपर्छ, जुन हिन्दु धर्म, संस्कृतिमा भेटिन्छ । हिन्दु धर्म र संस्कृतिले मुलुकलाई शिक्षाबाट समेत देखाउने काम गर्दछ ।
हिन्दु अभियन्ता प्रेश मंडल, जिल्लाका युवा नेता सब्बीर आलम गुलाव, तारा मिश्रा, श्याम प्रसाद साह, देशको सुरक्षासँग जोडदै हिन्दु धर्म र नेपालको राष्ट्रिय जनावर गाईको रक्षा, यसको महत्व र गाथा स्थानीय भाषाको गीत ,कवितासहित धारणा समते राखेका थिए । जारी जनगणनाले पनि हिन्दुको जनसंख्या घटाउने प्रपन्च गरेको प्रति हामी जस्तो हिन्दुबादी संघ संगठनले खवरदारी गर्नु आवश्यक रहेको प्राधानाध्यापक भोगेन्द्र झाले बताए । अब हुने निर्वाचनमा नेपाल हिन्दुराष्ट्रिय हुनुपर्छ भनी संसदमा गएर वहस थाल्ने, जनताको यो मुद्दा स्थापित गर्न सक्ने योग्य उम्मेदवारलाई मात्रै हामी मत दिएर नेता बनाएर पठाउने अन्यथा भोट नहाल्ने प्राधानाध्यापक झाले बताए ।
नेपालको पहिचान र ९० प्रतिशत नेपाली जनताको भावनासँग जोडेको हिन्दुराज्यलाई रातारात धर्म निरपेक्ष घोषणा गर्नु नै राष्ट्र र जनताप्रति अन्याय भएको कार्यक्रमा वक्ताहरूको भनाई रहोको थियो । विश्व हिन्दु युवा संघ सप्तरीका अध्यक्ष दिपेश देव जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।






















