देश

समयमा उपचार नपाउदा भीरबाट लडेर घाइतेको मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर ११ | मध्यान्ह ०३:०८ बजे

हुम्ला । हुम्लामा वनमा बाख्रा चराउने क्रममा लडेर घाइते भएका किशोरले समयमै उपचार नपाउँदा मृत्यु भएको छ । हुम्लाको चंखेली गाउँपालिका–४ का १६ वर्षीय महेश रावल बाख्रा चराउने क्रममा शुक्रबार लडेर घाइते भएका थिए ।

समयमै स्थानीय तहका जनप्रनिधिसँग हेलिकाेप्टरको पहल गरी दिन परिवारले माग गर्दा पनि कुनै निकायबाट पहल नभएपछि घाइते रावललाई सडकमार्गबाट ७ /८ घण्टापछि बाजुराको कोल्टी पुर्‍याइएको थियो।

उनलाई तीन घण्टा पैदल बोकेर चंखेली गाउँपालिका–४ पुर्याएको र सल्लीसल्लााबाट गाडीमा बाजुरा पुर्‍याएकाले उपचारमा ढिलासुस्ती हुँदा मृत्यु भएको मृतकका काका पुनिमल रावलले बताए ।

कमेन्टहरु