एमालेको १०औं महाधिवेशनको बन्दसत्र शुरु

जगत ठाडा मगर
२०७८ मंसिर ११ | मध्यान्ह ०१:०८ बजे

सौराहा । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु हुने हलमा अध्यक्ष केपी शर्मा ओली पुगेका छन् ।
बन्द शस्त्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थालेका छन् । बन्दशत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन् । महाधिवेशनको बन्दशत्रले एमाले केन्द्रीय कमिटीको बैठकले शुक्रबार साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने एक नेताले जानकारी दिए ।
बैठकले १०औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरेको थियो । शुक्रबार सुरु भएको एमाले महाधिवेशनमा शनिबार नै उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।






















