सिरहामा माओवादी केन्द्र संगठन विस्तारमा धाउँदै


विनोद मण्डल
सिरहा । सिरहाको उत्तरी भेगमा यतिबेला माओवादी केन्द्र सक्रिय रूपमा आफ्ना संगठन विस्तारमा लागी परेका छन् ।
सिरहाको धनगढी माई – १४ लगायतको क्षेत्रमा यतिबेला वडा सम्मेलन गरिरहेका माओवादी केन्द्रले स्थानिय स्तरमा रहेका नेता तथा कार्यकर्ताहरुलाई विगतका काम कारवाही लगायतका विषयमा प्रशिक्षण दिँदै भव्यताका साथ सम्मेलनहरू गरिरहेको पार्टीका स्थानिय नेता उदयबहादुर कार्कीले बताए । वडा सम्मेलनको लागि मेयर हरिनारायण चौधरी यतिबेला गाउँगाउँमा पुगेर जनतासँग भलाकुसारी पनि गरिरहेका छन् ।
विकास, शिक्षा, स्वास्थ्य लगायत आम जनतासँग प्रत्यक्ष सरोकार राख्ने बिषय प्रती बढी चासो र ध्यान केन्द्रित गरेर विकट क्षेत्रको रूपमा रहेको धनगढी माई १४ को दलमे, खुट्टी, मडयान, महाजनी, चट्टान, हातीढुङ्गा, लगायतका क्षेत्रमा आफ्नो कार्यकालमा बिजुली बत्ती, खानेपानी, सडक लगायतको विकासमा अहम भूमिका निर्वाह गरेको मेयर हरिनारायण चौधरीको कामप्रति अाम जनता खुशी व्यक्त गर्दै अबको निर्वाचन प्रक्रियाबाट पुन मेयर आउनुपर्ने स्थानिय नेता तथा स्थानीयको चाहना रहेको बुझिएको छ ।
कार्यक्रममा स्थानिय बुद्धिजीवी जनक परियार, उदयबहादुर कार्की लगायतको उपस्थिति रहेको सम्मेलनमा वडाका सबै स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।






















