देश

छात्रालाई शिक्षामा जोड दिन प्रदेश सरकारबाट साईकल सहयोग

जगत ठाडा मगर
२०७८ मंसिर ११ | बिहान ०८:०८ बजे

महेश सिंह
सिरहा । प्रदेश सरकारको बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत सिरहाको लहान नगरपालिका वडा नम्बर २४ स्थित रहेको लेखनाथ मा.वि गोविन्दपुर मलहनमाका ८ कक्षा उतिर्ण गरी कक्षा ९ मा अध्ययनरत रहेका छात्राहरुलाई साईकल सहयोग गरेका छन्।

बेटीलाई दाईजो होइन, शिक्षा देउँ भन्ने मुलनाराको साथ प्रदेश सरकारले छात्राहरुलाई मुख्य प्राथमिकताको साथ साईकल सहयोग गरेका हुन्।

कार्यक्रममा जनता समाजबादी पार्टी नेपालका प्रदेश कमिटी सदस्य तथा युवा नेता रामचलितर महतो कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो भने, बिशिस्ट अतिथिमा जसपा विद्यार्थीका नेता तथा प्रदेश उपाध्यक्ष चन्द्रशेखर यादव रहनु भएको थियो।

प्रदेश सरकारको निर्णय अनुसार बेटीलाई अपमान होइन स्वागत गरौं । चेलीबेटीहरुलाई अझै शिक्षामा पहुँचको लागि प्रदेश सरकारले शिक्षामा जोड दिएका छन्।चेलीबेटीहरुलाई मनोबल उच्च पार्न शिक्षामा सहयोग हुन्छ भनेर प्रदेश सरकारले उक्त अभियान सुरु गरेको हो।

छात्रा तथा अबिभाबकहरुले साईकल पाउँदै खुशी भएर प्रदेश सरकार र साईकल उपलब्ध गराउन नेतृत्व भुमिका निर्वाह गर्नु भएका शिक्षक र राजनीतिदलका प्रतिनिधिहरुलाई धन्यवाद दिएका दिए।

कमेन्टहरु