एमालेको स्थायी कमिटी बैठक सुरु

जगत ठाडा मगर
२०७८ मंसिर ७ | मध्यान्ह ०१:०८ बजे

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक बिहान ११ बजे बस्ने भनिएपनि झण्डै सवा १२ बजेदेखि सुरु भएको हो । आजको बैठक आगामी मंसिर १० गतेदेखि चितवनमा सुरु हुने महाधिवेशनको तयारीमा केन्द्रित छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार निर्वाचित भएर आएका बाहेक पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने बैठकको प्रमुख एजेण्डा छ । पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।
यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुन गइरहेको एमालेको १० औं महाधिवेशनमा २ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । एमालेले १९०० बढी प्रतिनिधि चयन गरिसकेको छ । आजको बैठकमा केन्द्रले मनोनित गर्ने ९६ जना सदस्यहरुबारे छलफल हुने स्रोतले जनाएको छ ।






















