प्रदेश २ मा बिहानैदेखि बाक्लो हुस्सुका कारण हवाई उडान प्रभावित

जगत ठाडा मगर
२०७८ मंसिर ७ | मध्यान्ह १२:०८ बजे

जनकपुरधाम,०७ मंसिर । प्रदेश २ का जिल्लाहरुमा बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार तराईका जिल्लाहरुलगायत पोखरामा समेत बाक्लो हुस्सुका कारण भिजिविलिटी कम हुँदा काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका उडानहरु डिले भएका हुन् । प्रतिकूल मौसम र कम भिजिविलिटीका कारण कतिपय विमानस्थल ढिला खुलेको र कतिपय अझै नखुलेकाले उडान प्रभावित भएको विमानस्थलको भनाइ छ ।
मंगबार विहानैदेखि प्रदेश २ का अधिकांश जिल्लाहरुमा बाक्लो हुस्सुका कारण चिसो बढेको छ भने शहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ ।






















