अर्थ

ह्वात्तै घट्यो सुनको मुल्य

जगत ठाडा मगर
२०७८ मंसिर ७ | मध्यान्ह १२:०८ बजे

काठमाडौं । आज सुनको मूल्यमा १६ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । हिजो, छापावाल सुन ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य १५ रुपैयाँले घटेसँगै प्रतितोला मूल्य १२ सय ५५ रुपैयाँ तोकिएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ थियो ।

कमेन्टहरु