बुटवल उपमहानगरपालिका – ३ का वडाअध्यक्ष बस्यालको लडेर मृत्यु

जगत ठाडा मगर
२०७८ मंसिर ७ | बिहान ११:०८ बजे

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर – ३ का वडाअध्यक्षको लाल प्रसाद बस्यालको लडेर मृत्यु भएको छ ।
उनको सोमबार दिउँसो आफ्नै घरको ट्वाइलेट जाने क्रममा लडेर घाइते भएको थियो । उनको घाईते पश्चात् उपचारको लागि अस्पताल लगिएको थियोे । अस्पताल पुर्याउन साथ अस्पतालले मृत घोषण गरेको हो ।
अचेत अबस्थामा रहेका ७३ बर्षिय बस्याललाई बुटवलस्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिएपनि बचाउन नसकिएको वडा सदस्य लिला श्रेष्ठले नवलपुर टुडेलाई जानकारी दिए ।






















