बालकलाई ठक्कर दिएर चालक फरार, उपचारको लागि सहयोगको अपिल


महेश सिंह
सिरहा लहान ७ मंसिर । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा ३ पोर्ताहाका एक अबोध बालकलाई ठक्कर दिए अपरिचित ब्यक्ती फरार भएका छन्।
सखुवानान्कारकट्टी गाउँपालीका ३ बस्ने चनरजित सदायको छोरा अन्दाजी ४ बर्षिय प्रेम सदायलाई ठक्कर दिएर फरार भएका छन ।
बच्चा गाउँकै सडकमा एक्लै खेलिरहेको अबस्थामा ठक्कर दिएर गाडी चालक फरार भएका छन् । ठक्करबाट सिकिस्त घाइते बालकको उपचार बिराटनगरको नोबेल अस्पतालमा उपचार भैरहेको छ ।
सदायको घरको आर्थिक अवस्था निकै कम्जोर रहेकोले उपचार खर्च जोहो गर्न नसकिदा बच्चाको ज्यान जोखिममा रहेका छन् । ठक्कर दिने गाडी हाल सम्म पत्ता लागेको छैन ।
दाता र मनकारी युवाहरुसंग सहयोगका अपेक्षा गरेका स्थानीय समाजसेबी देबेन्द्र कुमार यादवले जानकारी दिनु भयो । सहयोग गर्न चाहनेहरूले तल उल्लेख खाता नम्बरमा सहयोग गर्न आग्रह गरेका छन ।
NMB Bank Sakhuwan
Kamal Narayan saday
Ac n. 1100074905500012






















