करणी उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर ७ | बिहान ०८:०८ बजे

सर्लाही, ०७ मंसिर । सर्लाही प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको ब्रहमपुरी गाउँपालिका वडा नम्वर ७ नोकैल्वाका ३८ वर्षीय श्यामसुन्दर यादव (नाम परिर्वतित) रहेका छन् । यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव प्रसाद बुढाथोकिले यादवलाई पक्राउ गरेर जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए ।
यादवले २०७८ मा एक महिलालाई जबरजस्ती करणी प्रयास गरी फरार रहेको थियो । यादवलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराई ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






















