राजनीति

चितवन कांग्रेस क्षेत्र न २ मा महाधिवेशन प्रतिनिधिमा को को निर्बाचित (नामावाली )

जगत ठाडा मगर
२०७८ मंसिर ७ | बिहान ०७:०८ बजे

भरतपुर । नेपाली कांग्रेस १४औं महाधिवशेन अन्तरगत सोमबार भएको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको छ ।

क्षेत्रबाट ४ महिलासहित १४ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । खुल्लातर्फ कांग्रेस चितवनका सचिव उत्तम जोशी सर्वाधिक मतका साथ विजयी भएका छन् । ६५१ मतका साथ पहिलो स्थानमा रहँदै जोशी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

यस्तै जिल्ला सभापति जीतनारायण श्रेष्ठ ५४२ मतका साथ दोस्रो स्थानमा रहँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । यस्तै महाधिवेशन प्रतिनिधिमा टंकनाथ पौडेल (४९८), राजेश्वर खनाल (४६४), केशव महर्जन (४०५), मिलनबाबु श्रेष्ठ (४०२), राजकुमार राजभण्डारी (३७८), देवेन्द्र गुरुङ (३७४), इश्वरीराज लौडारी (३४९) र प्रकाश अधिकारी (३४१) निर्वाचित भएका छन् । खुल्लातर्फ १० जनाका लागि ३२ जनाको उम्मेद्वारी परेको थियो ।

यस्तै महिलातर्फ सर्वाधिक ४८२ मतका साथ महिला अधिकारकर्मी मीना खरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् ।

दोस्रो स्थानमा विनुरायमाझी पौडेल (४७६), तेस्रोमा गीताकुमारी गुरुङ (४५७) र चौथोमा निरु कार्की ३६८) मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महिलातर्फ ४ जनाका लागि ११ जनाको उम्मेद्वारी परेको थियो ।

कमेन्टहरु