पत्रकार सम्मेलन गरेर एमाले अध्यक्षमा उम्मेदवारीको घोषणा गर्दै भिम रावल

जगत ठाडा मगर
२०७८ मंसिर ५ | मध्यान्ह ०१:०८ बजे

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आगामी १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् ।
उनले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेरै उम्मेदवारी घोषणा गर्न लागेका हुन् । दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने जनाइसकेका थिए।






















