माओवादी केन्द्रको पक्षमा कृष्णनगर नगरपालिकाको वडा अधिवेशनमा मधेशी जनताको जनलहर


कपिलवस्तु । नेकपा माओवादी केन्द्रले मंसिर ४ गते नेपालभर नै वडा सम्मेलन गरेको थियो । कपिलवस्तु जिल्लाको पश्चिम दक्षिणमा पर्ने कृष्णानगर नगरपालिकाको वडा सम्मेलनमा माओवादी केन्द्रको जनलहर देखिएको थियो ।
कृष्णानगर नगरपालिका मधेशी बाहुल्य क्षेत्र भएता पनि माओवादी केन्द्र पहिलो शक्तिशाली पार्टीको रुपमा उभारिएको छ । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिती सचिवालय सदस्य रुद्र लाला बन्जाडे, कपिलवस्तु जिल्ला समितीका सल्लाहकार थानेश्वर खनाल, नगर अध्यक्ष जावेद आलम खां, इन्चार्ज केशर ओलीको प्रमुख अतिथ्यतामा तथा निर्वाचन प्रमुखहरुको उपस्थितीमा कृष्णानगर नपाका आठ वटा वडामा सम्मेलन सम्पन्न भएको छ ।
वडा सम्मेलन गर्नको लागि केन्द्रले दिएको निर्देशनको पुर्ण पालना गर्दै कृष्णानगरको आठ वटा वडामा सम्मेलन भव्य रुपमा सम्पन्न गरेको सचिवालय सदस्य बन्जाडेले बताउनु भयो । समाजवादको यात्रा पुरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौ भन्नै नारा समेत तय गरेको छ ।
सचिवालय सदस्य रुद्रलाल बन्जाडेले आगामी चुनावमा कृष्णानगरमा नेकपा माओवादी केन्द्रले आफ्नो वर्चश्व देखाउने बताउदै आफुहरुको पक्षमा मधेशी जनताको अपार माया रहेको र सच्चा कम्युनिस्ट पार्टी माओवादी केन्द्र नै भएकाले सबैलाई गोलबन्ध भयेर लाग्न आग्रह गरेका छन् । उक्त कार्यक्रममा प्रवक्ता नेपालीले माओवादी केन्द्रले मधेशकाे चाैतर्फी क्षेत्रमा विकास गर्न चाहेकाे र केही अवसरवादी तथा पुँजीवादीकाे नेतृत्वले गर्दा मधेशमा विकासले फड्को मार्न नसकेकाे दाबी गर्नुभयो ।
कृष्णनगर नगरपालिकाभित्र माओवादी केन्द्रले ३ वटा वडामा जीत हासिल गरेको थियो । ति वडाहरुलाई अवसरवादीहरुसंँग बचाएर जनताले माओवादी केन्द्रलाई दिएको थियो र आज सबैभन्दा बढी विकास ति ३ वडाहरुमा मात्रै भएको छ ।
केही नेताले मधेशकाे विकास गर्ने भन्दै झुठो आश्वासन बाँड्दै, जनतालाई झुक्याएर मत लिई विजयपश्चात विकासकाे नाममा सिन्काे नभाँचेकाे बताउदै नेपालीले वडा सम्मेलन भव्य र सफल बनाउनको लागि आउनु भएको सबै कामरेडहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
कृष्णनगर नगर अध्यक्ष जावेद आलम खां, इन्चार्ज केशर ओली, सचिव गणेश प्रसाद बन्जाडे, प्रवक्ता मौलाना मशहुद ख़ां नेपाली लगायतहरुको प्रयास तथा मेहनतले कपिलवस्तु जिल्ला टाप हान्दै १५२८ संगठित सदस्यता नवीकरण गरि शनिवार वडा सम्मेलन सम्पन्न गरेका छन् ।
इन्चार्ज केशर ओलीका अनुसार माओवादी केन्द्रले सदस्य नवीकरण, वडा सम्मेलनदेखि केन्द्रीय अधिवेशन सम्मको लागि तयार गरेको नया निती नियम तथा अनलाईन नवीकरण प्रणाली प्रशंसनीय रहेको छ । उनले भने – कृष्णानगरमा प्राविधीक समस्या रहेको र हामीसंँग समय कम रहेकाले हामीले सोचेको जति सदस्यता नवीकरण हुनसकेको छैन ।
कृष्णनगरमा हजार भन्दा बढी सदस्य ल्याउने तयारी रहेको थियो । अहिले पनि सात सय भन्दा बढी सदस्यहरुको आवेदन फार्म आनलाईनमार्फत भर्दा छुटेको बताउदै वडा सम्मेलन भव्य सभ्यरुपमा सफल गर्नको लागि खटेका नेता कार्यकर्ता भोलेन्टीयर तथा शुभ चिन्तकहरुलाई हृदय देखि धन्यवाद व्यक्त गरेका थिए ।






















