शिक्षा

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पर्साको छैठो अधिवेशनबाट व्यहुत र अग्रवाल चयन

जगत ठाडा मगर
२०७८ मंसिर ५ | मध्यान्ह १२:०८ बजे

वीरगंज । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पर्साको छैठो अधिवेशन होटल भिसुवामा सम्पन्न भएको छ । उक्त अधिवेशनको प्रमुख अतिथिमा गोपाल खेतान रहनु भएको थियो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ पर्साको छैठौं अधिवेशनबाट सर्व सहमतिले नयाँ कार्य समिति गठन भएको छ । अध्यक्षमा लक्ष्मी पुस्तकका रोहित व्याहुत तथा उपाध्यक्ष एसएसपि पुस्तकका श्याम सुन्दर पटेल र नवशक्ति इन्टरप्राइजेजका पियुस अग्रवाल उपाध्यक्षमा मनोनित हुनु भएको छ ।

१७ जनाको नयाँ कार्य समितिले २०७८ देखी २०८० सालसम्म २ वर्ष कार्य गर्ने छ ।

कमेन्टहरु