राजनीति

दंगा प्रहरी परिचालन गरेको भन्दै कानुन व्यवसायीहरुले मागे गृहमन्त्रीको राजीनामा

जगत ठाडा मगर
२०७८ मंसिर ५ | मध्यान्ह १२:०८ बजे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको समेत राजीनामा मागेका छन् ।

सर्वोच्च परिसरमा प्रदर्शनमा उत्रिएका उनीहरूले दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै गृहमन्त्रीको पनि राजीनामा मागेका हुन् । प्रहरीले सर्वोच्च परिसरमा प्रदर्शन रोक्ने प्रयास गरेका थिए । त्यसपछि वकिलहरूले प्रहरीविरुद्ध नै नाराबाजी गर्न थाले ।

डिउटीमा खटिएका डीएसपीले प्रहरीविरुद्ध नाराबाजी नगर्न भन्दै माइकिङ गरेपछि वकिलहरू थप आक्रोशित भएका हुन् । आजको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी अरुले पनि त्यही नारा लगाएका छन् ।

पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएको भन्दै नेपाल बारको अगुवाइमा प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

कमेन्टहरु