राजनीति

जनताको हितविपरीत भएका जुनसुकै निर्णय पनि फिर्ता लिनुपर्छ : एस अध्यक्ष नेपाल

जगत ठाडा मगर
२०७८ मंसिर ५ | बिहान ११:०८ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको हितविपरीत भएका जुनसुकै निर्णय फिर्ता हुनुपर्ने बताएका छन् ।

नेता नेपालले आइतबार बिहान ६ विद्यार्थी संगठनका तर्फबाट पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा दिएको ज्ञापनपत्र बुझ्दै पेट्रोलियम पदार्थजस्तो जनतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुमा गरेको मूल्यवृद्धि अत्याचार नै भएको बताए ।

उनले हाल उद्योग मन्त्रालयको जिम्मेवारी स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेको बताउदै आयल निगमले जनताको ढाड सेक्ने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सरकार गम्भीर हुन नसकेको टिप्पणी गरे ।

‘यसमा सरकार गम्भीर हुन जरुरी छ । म सत्ता साझेदार दलहरूसँग पनि छलफल गर्छु र उचित निकासका लागि आफ्नो तर्फबाट पहल हुने नै छ’, अध्यक्ष नेपालको भनाइ उधृत गर्दै समाजवादी निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले भने, ‘जनताको हित विपरित भएका जुनसुकै निर्णय फिर्ता लिनुपर्छ ।’

कमेन्टहरु