राजनीति

सिरहाको सम्पुर्ण वडामा एकैसाथ माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न

जगत ठाडा मगर
२०७८ मंसिर ५ | बिहान ११:०८ बजे

महेश सिंह
सिरहा, ०५ मंसिर । नेकपा माओवादी केन्द्रको देश भरी एकैसाथ वडा अधिबेशन सम्पन्न भएको छ । सिरहाको लहान नगरपालीका वडा नम्बर ४ स्थित माओवादी केन्द्रको वडा अधिबेशन गराउन नेता तथा कार्यकर्ताहरुको भिड लागेको थियो ।

पार्टी प्रवेश तथा वडा अधिबेशन कार्यक्रम दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य राज कुमार पासमानको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जिल्ला सदस्य देब नारायण महतो रहनु भएको थियो । कार्यक्रममा संविधान सभा सदस्य तथा पुर्व मन्त्री सुनिता महतो की समेत उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि महतोले हरेक विकास क्षेत्रमा माओवादी पार्टीको अग्रिम भुमिका रहदै आएको, माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पुर्व मन्त्री कुलमान घिसिङ जस्ता इमानदार नेता रहेको र बिगतमा हुदै गरेको १८ घन्टा लोडसेडिङ हाल नेपालमा मुक्त भएको अवस्था रहेको प्रकाश पारेका थिए । माओवादी नेताले क्रान्तिकारी बिचार बोकेको र बिकास पनि क्रान्तिकारी डङ्गले सोच्ने गरेका उनको भनाइ छ ।

अतिथिहरुमा युवा प्रभावशाली नेता तथा पार्टीका जिल्ला सदस्य बिजय कुमार गुप्ता, लहान नगरपालिका संयोजक खडक नारायण चौधरी, वडा अध्यक्ष गणेश चौधरी, जन प्रतिनिधि हेमन्त यादव, शिक्षक संघको संयोजक नेपाली साह, माओवादी केन्द्र युवा नेता मनोज सहनी, विद्यार्थीका जिल्ला अध्यक्ष राम उदगार यादव लगायतका अतिथिहरुको सहभागीता रहेका थिए ।

माओवादी केन्द्रका प्रभावशाली युवा नेता बिजय गुप्ताका अनुसार लहान नगरपालिका वडा नं ४ मा कहिँ बिकास नदेखिएको र जनप्रतिनिधिहरु नै कमिसन र बिकाउ भएको ठहर गर्दै, उक्त वडामा शिक्षा, स्वास्थ्य, खानेपानी र बाटो घाटाेको समस्या समेत पहिलाकै जस्तै जौंको तौंउ नै रहेको छ । उनले आगामी चुनावमा विकासशील पार्टीका नेता र इमानदार बिकासप्रेमी नेतृत्वलाई मतदान गरेर निर्वाचित गराउन जन समुदायसँग आग्रह गरेका थिए ।उक्त वडाका जनप्रतिनिधिहरु बिकास बाधक रहेको पनि गुप्ताले बताए ।

माओवादी केन्द्र लहानका नगर इन्चार्ज खडक नारायण चौधरीका अनुसार माओवादी पार्टी श्रमिक बर्गको पार्टी हो । अब आउने चुनावमा एमाले पार्टी जस्तो दुरुत्साहित पार्टीलाई हैन माओवादी केन्द्रलाई मतदान गर्न जनसमुदायमा अपिल गरेका थिए । वडा अधिबेशनबाट नयाँ कमिटीको अध्यक्षमा मोखतार अन्सारी, उपाध्यक्षमा गंगा राम महतो, सचिबमा किसुन देब मुखिया, सह सचिवमा मोहम्मद जाबिद अन्सारी, कोषाध्यक्षमा रिबीन देबी पासमान, सदस्यमा सुभ्क पासमान, राम नारायण साह लगायत १५ सदस्य चयन गरेका छन् ।

वडा अध्यक्ष हेमन्त यादवका अनुसार अगामी दिनमा सहि मतदान गरेन भने जनताले नै दु:ख पाउने बताए । शिक्षा, स्वास्थ र पुर्वाधार ल्याउने पार्टी माओवादी केन्द्र रहेको बताए । दलित मुक्ति मोर्चाको केन्द्र सदस्य राज कुमार पासवानले राष्ट्रिय स्वाधिनताको कुरा गर्दै समृद्ध र सुखी नेपालीको कुरा बिस्तृत रूपमा बर्णन गरेर कार्यक्रमको समापन गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौं ब्यक्ती माओवादी केन्द्रमा प्रवेश गरेको आयोजकले जानकारी दिनु भयो ।

कमेन्टहरु