प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने


काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको एक मन्त्रीले हामिलाई बताए ।
कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका विश्वकर्माको उपचारमा सहयोग गर्न काँग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण पनि गराएको थियो ।
कोरोना संक्रमण पुष्टि भइसकेपछि विश्वकर्मा केही दिन होम आइसोलेसनमा बसेका थिए भने स्वास्थ्यमा समस्या थपिँदै गएपछि वीर अस्पताल भर्ना भएका उनलाई पछि ग्राण्डी अस्पताल भर्ना गरिएको थियो।
कोरोना भाइरसबाट संक्रमित सांसद विश्वकर्माको ग्रान्डी अस्पतालमा ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
कात्तिक २४ गतेबाट विश्वकर्मालाई भेन्टिलेटरबाट निकालिएको छ । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको अस्पताल प्रसासनले Nawalpurtoday लाई बताइएको छ ।





















