देश

सप्तरीमा ट्याकटर दुर्घटना हुदाँ एक महिलाको मृत्यु, चार जना घाईते

जगत ठाडा मगर
२०७८ कार्तिक २९ | मध्यान्ह ०८:०७ बजे

सप्तरी, २९ कार्तिक । सप्तरीमा ट्याक्टरको ठक्करबाट सोमबार एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिकामा वडा नम्वर ७ स्थित ट्याकटर दुर्घटना भएको हो ।
दुर्घटनामा ४ जना गम्भीर घाईते भएका छन् । ट्याक्टरको ठक्करबाट मृत्यु हुनेमा खडक नगरपालिका वडा नम्वर ६ बस्ने ७० वर्षीय अनारदेवी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.१ त ७०१९ नम्बरको ट्याक्टर अनियन्त्रित भई राजमार्गको दक्षिणतर्फ रहेको स्थानीय प्रकाश साहको घरमा भाडामा रहेको शैलुन भित्र छिरेका थिए । दुर्घटना भएको थाहा पाउनसाथ प्रहरी घटनास्थल पुगि घाइतेहरुको उद्धार गरि उपचारका लागि स्थानीय युनिभर्सल अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये पासवनको आबस्था गम्भिर भएपछि थप उपचारका लागि राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरीले जनाएको छ । ट्याक्टरको ठक्करबाट खडक नगरपालिका वडा नम्वर ९ लालपट्टीका ४५ बर्षीय श्याम ठाकुर, बर्ष ३५ का किसुनलाल ठाकुर, राजबिराज नगरपालिका वडा नम्वर ९ मलेठका बर्ष ३५ का रबिन्द्र ठाकुर र खडक नगरपालिका वडा नम्वर ६ चकवाका बर्ष २३ को अर्जुन चौधरी घाइते भएका छन् ।

घाईतेहरुको युनिभर्सल अस्पताल कल्याणपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जनाएको छ । घाईतेहरुको अबस्था सामान्य रहेको तथा ठक्कर दिने ट्याक्टर ईलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखी घटना बारे थप अनुसन्धान भई रहेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी काफ्लेले जानकारी दिए ।

कमेन्टहरु