देश

कामना सेवा विकास बैंकद्वारा ७० जना बिद्यार्थीहरुलाई ब्याग वितरण

जगत ठाडा मगर
२०७८ कार्तिक २९ | मध्यान्ह ०७:०७ बजे

राजविराज, २९ कार्तिक । कामना सेवा विकाश बैंक महुली शाखाले सोमबार बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेका छन् ।

बैंकको १५ औ बार्षिक उत्सव कार्यक्रमको उपलक्ष्यमा सप्तरीको अग्निसाईर कृष्णासवर गाउँपालिका वडा नम्वर ६ स्थित सामुदायिक आधारभुत विद्यालय मोहनपुरमा अध्यनरत ७० जना दलित, विपन्न, गरिव परिवारका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेका छन् ।

कामना सेवा विकास बैंक लहानका क्षेत्रिय प्रमुख प्रकाश घिमिरेले यस बैंकको बार्षिक उत्सव कार्यक्रमको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महुली शाखाले ब्याग वितरण गरी यस विद्यालयमा अध्यनरत दलित, विपन्न, गरिव वस्तीका विद्यार्थीहरुमा उत्साह जाग्नुको साथै विद्यार्थीहरुको अध्यनमा थप सहयोग पुग्ने बताए ।

कार्यक्रममा अग्निसाईर कृष्णासवर गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष कुसुम आर्चाय, आदर्श बहुमुखि सहकारी सस्था महुलीका अध्यक्ष दिपेन्द्र आर्चाय, कामना सेवा विकास बैंक महुली शाखाका प्रमुख विश्वजीत झा, उप प्रमुख रतन प्रसाद यादव, विद्यालयका शिक्षक, शिक्षिका र स्थानीय बुद्धिजिवीहरुको समेत उपथिती रहेको थियो ।

बैंकले विद्यालयमा आएर यस्ता किसिमको कार्यक्रम गरेकोमा विद्यालयका शिक्षकहरुले धन्यवाद दिएका थिए ।

कमेन्टहरु