राजनीति

पुर्व मन्त्री खनालले कृष्णानगरका नेताहरु संग भेंटघाट गरि गरे चुनावी चर्चा

जगत ठाडा मगर
२०७८ कार्तिक २९ | मध्यान्ह ०६:०७ बजे

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लोकप्रिय तथा विकासप्रेमी नेता स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री चक्रपाणी खनाल(बलदेव)ले कृष्णानगरका नेता तथा समाजका भद्रभलादमीहरु संग भेंटघाट गरेका छन।

स्थानीय तहको चुनाव नजिक आउदै रहेको र नेकपा माओवादी केन्द्रका महाधिवेशन पनि छिटै हुने सम्भावना रहेकोले केही दिन देखि केन्द्र प्रदेश र स्थानीय तहका नेताहरु आ-आफ्नो क्षेत्रका कार्यकर्ता संग मिलेर पार्टीलाई थप बलियों बनाउने प्रयासमा जुटेका छन।

आइतबारका दिन साझा ५ बजेको समयमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री चक्रपाणि खनाल(बलदेव)‌‌तथा कपिलवस्तु जिल्ला अध्यक्ष रामचन्द्र शाह (बिष्णु)ले लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना‌ मशहुद खां नेपालीको निवासमा नेता तथा समाजका भद्रभलादमीहरु संग भेंटघाट गरि आउने स्थानिय तहको चुनावको‌ बारेमा छलफल गर्दै नेकपा माओवादी केन्द्रले जनताको हितको लागि शुरु देखि लड्दै आएको र आज पनि लडिरहेको छ ।

यो लडाइको क्रममा हामीले केही गुमायो भने जनताको हितकारी महत्वपूर्ण सफलताहरु पनि पाएको कुरा सबैलाई अवगत नै छ। यो पार्टीको बारेमा केही बर्ष पहिला कपिलवस्तुमा नराम्रो सन्देश केही विशेष व्यक्तिहरुको कारण गएको थियो तर अब कपिलवस्तुका मधेशी जनता पनि माओवादी केन्द्र पार्टीको बारेमा बुझी सकेका छन । यो पार्टीको अग्रपंतिमा आएर नेतृत्व गरिरहेका छन माओवादी केन्द्र मधेश हीतकारी रहेको छ र मधेशी जनताको हकअधिकारको सुनिश्चित गर्नको लागि सदैव लडिरहेको पुर्व मन्त्री बलदेवले बताउनु भयो।

भेटघाट गर्ने क्रममा उपाध्यक्ष मौलाना मशहुद खां नेपाली, नेकपा माओवादी केन्द्रका कृष्णनगर नगर प्रमुख जावेद आलम खां राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुलगनी अलकुफी, उपाध्यक्ष शैख जैस मक्की, सदस्य मोलाना‌ जहीर अहमद बरेलवी, सल्लाहकार जाहीद आजाद झण्डानगरी, हाजी अब्दुल नुर, मौलाना‌ अजीम, तारिक अहमद, गणेश प्रसाद वन्जाडे लगायतहरुले पुर्व मन्त्री बलदेव तथा जिल्ला अध्यक्ष शाहलाई दोसल्ला ओढ़ाई स्वागत तथा सम्मानित गरेका छन।

कृष्णानगर स्थानिय तहका चुनावमा मेयर पदको टिकट लिनको लागि ठुलै जमात रहेकोले राजनितीक पार्टीहरुलाई आफ्नो उम्मेदवार घोषणा गर्नामा निकै समस्या भइ रहेको देखा परिरहेको छ। केही दिन देखि कृष्णनगरमा अधिकांश पार्टीका केन्द्रीय नेताहरुको आवागमन निरन्तर चलिरहेको छ।

कमेन्टहरु