लागुऔषधसहित धनगढीबाट तीन जना पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक २९ | मध्यान्ह ०५:०७ बजे

धनगढी । प्रहरीले धनगढीबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। सोमबार दिउँसो ३ बजे धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–५ का २२ वर्षीय पुस्कर सुनार, वडा नमबर १२ बस्ने २७ वर्षीय टेकराज भट्ट र रुपन्देही बुटवल उपमहानगरपालिका–६ घर भई हाल धनगढी उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय शुभम क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीहरुको साथबाट खैरो हिरोइन २५० मिलीग्राम, नाइट्राभेट ११९ ट्याब्लेट, प्रोक्सीवेल स्पास २३ क्याप्सुल बरामद गरिएको कैलालीका डिएसपी प्रतीक विष्टले बातए। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको उनले बताए।






















