देश

सर्वोच्चका न्यायाधीश र बारका पदाधिकारीहरु प्रधानन्यायाधीशबाहेक छलफलमा

जगत ठाडा मगर
२०७८ कार्तिक २९ | मध्यान्ह ०५:०७ बजे

काठमाडौ । सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पदाधिकारीहरूबीच आज छलफल भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत बारका पदाधिकारी र प्रधानन्यायाधीशबाहेकका अन्य न्यायाधीशहरूबीच छलफलमा बसेको बारका एक सदस्यले जानकारी दिए।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए। बारले जबरासँग वार्तामा नबस्ने स्पष्ट पार्दै उनले तोकेको बेन्चमा नबस्न सर्वोच्चका न्यायाधीशहरूलाई पत्रमार्फत आग्रह गरेको छ।

आगामी कदमलगायतका विषयमा छलफल गर्न न्यायाधीशहरू र बार पदाधिकारी छलफलमा बसेका हुन्।

 

कमेन्टहरु