सर्वोच्च अदालत परिसर बाहिर प्रधानन्यायाधीश जबराका समर्थकहरुको प्रदर्शन

जगत ठाडा मगर
२०७८ कार्तिक २९ | बिहान ११:०७ बजे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका समर्थकहरुले सर्वोच्च अदालत परिसर बाहिर प्रदर्शन गरेका छन् ।
उनीहरुले कानुन व्यवसायीहरुको जारी आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरु आज पनि प्रदर्शनको तयारीमा छन् ।
प्रदर्शनलाई लक्षित गरी सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । बारको अगुवाइमा आन्दोलनरत कानुन व्यवसायीहरुले आफूहरुको आन्दोलन बिथोल्न प्रधानन्यायाधीश जबराको निर्देशनमा ‘भिजिलान्ते’हरु प्रयोग गरिएको आरोप लगाउँदै आएका छन् ।






















