देश

रोल्पामा जीप दुर्घटना हुंदा चार जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक २९ | बिहान ०७:०७ बजे

बुटवल । जीप दुर्घटना हुंदा चार जनाको मृत्यु भएको छ। रोल्पाको माडी गाउँपालिका–६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको यात्रुबाहक जीप दुर्घटना हुँदा दुईजना पुरुष र दुईजना महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा माडी– ६ कोर्चाबाङ मिसिडाँडाका ५१ वर्षीय टेकबहादुर पुनमगर, कोर्चाबाङकै ४७ वर्षीय चालक रुद्रबहादुर घर्तीमगर, कोर्चाबाङ रीचा निवासी ४७ वर्षीय चौसरा बिश्वकर्मा र कोर्चाबाङकै १८ बर्षीया लिला पुनमगर रहेका छन्।

कमेन्टहरु