Opens in a new tab

खेलकुद

टी–२० विश्वकप क्रिकेट : उपाधिका लागि न्युजिल्यान्डले अस्ट्रेलियालाई दियो १७३ रनको चुनौती

जगत ठाडा मगर
२०७८ कार्तिक २९ | बिहान ०६:०७ बजे

एजेन्सी । न्युजिल्यान्डले टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलियालाई एक सय ७३ रनको चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनाएको हो ।

अस्ट्रेलियाले बिहीबार दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्डसँगको प्रतिस्पर्धा पक्का गरेको हो। न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई पनि पाँचै विकेटले पाखा लगाएको थियो। यसपटकको फाइनलले नयाँ टी– २० विश्वकप च्याम्पियन दिनेछ।

अस्ट्रेलिया र न्युजिल्यान्डले अहिलेसम्म टी–२० विश्वकप ट्रफी जितेका छैनन् । न्युजिल्यान्ड पहिलोपटक अन्तिम दुईमा पुगेको टोली हो ।

कमेन्टहरु