सिरहाको सखुवानन्कारकट्टी – ३ मा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न


महेश सिंह
सिरहा लहान २८ , कार्तिक । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर – ३ मा नेपाली काङ्ग्रेसको वडा कमिटी निर्विरोध रुपमा चयन भएको छ । नवगठित कमिटीको वडा सभापतिमा बेचन यादवको नेतृत्वमा १५ सदस्य नयाँ कार्यसमिती विस्तार भएको हो ।
निर्वाचन आयोगले चुनावको समय तोकिदिदा आफ्नो पार्टीको वर्चस्व कार्यम गर्न गाउँ गाउँमा नयाँ समितिहरु गठन गर्न लागेका छन । केन्द्रका र सिरहाको निर्णय अनुसार कार्तिक ७ गते सिरहा जिल्लाको प्रत्येक वडा अधिवेशन शनिबार गराउनु पर्ने नेपाली काङ्ग्रेसका जिल्ला सभापति राम चन्द्र यादवले बताए ।
नवगठित समितीको उप- सभापतिमा प्रशुराम चौधरी, सुनिता साफी, सचीवमा जगरनाथ यादव, अभय यादव, सह- सचीवमा बुदुर यादव, प्रबिन्द्र यादव, सदस्यहरुमा राजकुमार यादव, किरण गुप्ता, हरिचन यादव लगायत १५ सदस्य समिती चयन भएको छ ।
त्यस्तै पार्टीकै क्षेत्रीय प्रतिनिधिहरुमा रामबिलास यादव, बिरेन्द्र प्रसाद यादव, ललित कुमार यादव, शत्रुधन गिरी लगायत १५ प्रतिनिधि सर्वसम्मत रुपले चयन भएको युवा नेता बिनोद अधिकारीले जानकारी दिनुभएको छ । समितीहरुले एक आपसमा सफल कार्यकालका लागि शुभकामना आदानप्रदान समेत गरेका थिए ।
सिरहाको १७ वटा स्थानीय तहको सम्पुर्ण वडाहरुमा वडा अधिवेशन सम्पन्न गर्न जिल्ला सभापति राम चन्द्र यादवले निर्णय गरेका छन् । नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले वडा अधिवेशन गराउन व्यस्त देखिएका छन् ।






















