देश

पाल्पाकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु

टोप कामु मगर
२०७७ मंसिर ३ | मध्यान्ह ०३:०८ बजे

पाल्पा । पाल्पामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका –६ की ५१ वर्षीय महिलाको उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत कात्तिक ३० गते अस्पताल भर्ना गरेकी महिलाको बुधबार बिहान ३ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले नवलपुर टुडेलाई जानकारी गराउनु भयो ।

महिलालाई कात्तिक २९ गते लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासबाट भैरहवा रिफर गरिएको थियो । १ गते महिलामा कोरोना पुष्टि भएको थियो । महिला दमको दीर्घरोगी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

कमेन्टहरु